ad

        समाज रुपान्तरणका लागी प्रभावकारी संचार, पुर्ण व्यावसायिक प्रवद्र्धनका लागी सम्पुर्ण  अभियान जसको वेष्ट उपाय वेष्ट मिडिया भन्ने मुल नाराकासाथ मध्य नेपालको नवलपरासी जिल्ला कावासोती नगरपालिका, वार्ड नं ८, ईन्द्रचोक, कावासोतीमा  नवलपरासीका संचारकर्मी, उद्यमी, व्यावसायी युवा पत्रकारहरुको सक्रियतामा २०७२ माघ २५ गते स्थापना गरिएको वेष्ट मिडिया प्रा.लि. कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । यस संस्थाले हाल आफ्नो उद्धेश्य अनुसार विभिन्न संचार संग संबन्धित संघ संस्थाहरुसंगको सहकार्यमा, जनचेतना, शुसासन, महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य, सहकारी, कृषि, आर्थिक संवृद्धि तथा व्यावसायिक प्रवद्र्धन संग सम्बन्धित कार्यक्रमहरु, विभिन्न उत्सव महोत्सवको ब्यावसायिक प्रबद्र्धन, हुलाकी अनलाईन पत्रिका, बेष्ट अनलाईन टेलिभिजन, वेव साईड सम्वन्धि कामका लागी मिड नेपाल वेव सलुसन संचालन गरीरहेको जानकारी गराउदछौं । हाल यस बेष्ट मिडियाले नवलपरासी, चितवन  लगाएत जिल्लाका संचार संस्था संग सम्वन्वय र सहकार्य गरि विविध गतिविधि संचालन समेत गर्दै आएकोछ । राज्यको निति र कानुन अनुसार यस बेष्ट मिडियाले आफ्नो क्षेत्र विस्तार गर्दै नेपाल भरीनै विभिन्न सरकारी, गैरसरकारी संघ संस्था  तथा ब्यावसायिक प्रतिष्ठानसंगको सहकार्यमा आफ्ना गतिविधि संचालन गर्ने सोचका साथ आगाडि बढेकोछ । यस संस्था बाट संचालित हुलाकी अनलाईन, बेष्ट अनलाईन टिभि, मिड नेपाल वेव सोलुसन मार्फत संसारभर हाम्रो पहुच पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।

वर्तमान समयमा विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्था एवं ब्यावसायिक प्रतिष्ठानले समुदायको हितकालागी गरेका सकारात्मक  कार्यहरु ब्यावसायिक गतिविधि तथा उनिहरुका योजनाहरु जनता माझ पुर्याउने र जनतामा लक्षित कार्यक्रमको बारेमा जानकारी दिन विभिन्न उपायहरु अपनाई कार्यक्रमहरुलाई छिटो छरितो र कम समयमा प्रभावकारी रुपमा समुदायमा पुर्याउनको लागि यस बेष्ट मिडियाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । समुदायको आवश्यकता एवं त्यस संस्थाको लक्ष्य अनुसार संचालित गतिविधि तथा प्रदान गर्दै आईरहेका सेवा सुविधालाई हरेक प्रभावकारी माध्यम छनौट गरि तिनै गतिविधि मार्फत जनता माझ जानकारी दिनका लागि संचालित कार्यक्रम तथा हाम्रा गतिबिधि उपलव्धी मुलक हुनेमा पनि दुई मत छैन ।

news

Copyright Best Media Team - - gplay

DEVELOPED BY: