24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

बाग्लुङको बडीगाड खोला थुनियो, चार घर डुबे, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

- Advertisement -Flowers in Chania

बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिएको हो । कुनै पनि बेला बाँध फुट्ने र विपत्ती आउनसक्ने भन्दै सीमा क्षेत्रका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् ।

बाग्लुङका एसपी दीपक रेग्मीले खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको बताए । खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने स्थानीयको भनाइ छ । खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । पहिरोले बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका हुन् । थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको पहिरो खसेर खोला थुनिएको हो । पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ । २०७५ भादौ-३०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्