24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

चर्को बिरोध र गोलिबारी पछि अटो चालक र भरतपुर महानगरबीच पाँचबुँदे सहमति

- Advertisement -Flowers in Chania

आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि आन्दोलन भएको थियो ।

भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भए ।

साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् । वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।

सहमतिसागै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । सहमतिलाई कार्यान्वयन गर्न उपमेयर पार्वती शाहको संयोजकत्वमा समिति गठन गरिएको महानगरका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले जानकारी दिए । २०७५ साउन-१०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्