24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

सुस्तावासीले क्षतिपूर्तिबापतको दुई करोड ४६ लाख पाउने

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत दुई करोड ४६ लाख १२ हजार रुपैयाँ रकम प्राप्त गर्ने भएका छन् ।

नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउने छन् ।

धेरै मेहनतपछि मात्र रकम निकासा गर्न सकिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । बर्सेनी डुबानमा पर्ने र क्षति बेहोरिरहेका पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

किसानले रकम निकासा पाउने भएपछि गाउँपालिका कार्यालयसहित सबै सरोकारवाला निकायप्रति खुशी व्यक्त गरेका छन् ।

गत वर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ लगायत विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने छन् । २०७५ असार-३२

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

121 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्