24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

इङ्ल्यान्डमाथी क्रोशियाको ऐतिहासिक जित, पहिलो पटक विश्वकपको फाइनलमा

- Advertisement -Flowers in Chania

इङ्ल्यान्डमाथी रोमाञ्चक जित हात पार्दै क्रोशिया ऐतिहासिक रुपमा विश्वकप फुटबलमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । आज (विहिबार) बिहान सम्पन्न अन्तिम सेमिफाइनलमा उपाधी दाबेदार इङ्ल्यान्डलाइ २-१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा दुबै टिम १-१ को बराबरी खेलेपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ औं मिनेटमा जर्सी नम्बर १७ का खेलाडी मन्डाजिकले गरेको गोलको मद्दतमा क्रोशिया २-१ को जित निकाल्दै ऐतिहासिक रुपमा फाइनल यात्रा तय गर्यो ।

खेलमा इङल्यान्डले सुरुवाती अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा थिपेयरले गोल गर्दै इङ्ल्यान्ड खेलमा हाबी हन कोसिस गर्यो । पहिलो हाफमा इङ्ल्यान्ड १-० को अग्रता बनायो । तर दोस्रोहाफमा क्रोशियाले आक्रमक खेल्दै खेलको ६८ औं मिनेटमा पेरेसिकले गोल गर्दै खेल बराबरीमा पुर्याए । खेलमा थप गोल हुन नसकेपछी खेल अतिरिक्त समयमा पुगेको थियो ।

क्रोशिया पृ-क्वाटरफाइनल र क्वाटरफाइनलमा पेनाल्टी सुटआउटबाट विजयी भएको थियो । क्रोशियाले अब उपाधिको लागि फ्रान्ससङग प्रतिस्पर्धा गर्नेछ ।असार-२८, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्