24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपुरमा गुण्डागर्दी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता : प्रजिअ नेपाल

- Advertisement -Flowers in Chania

नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जिल्लामा गुण्डागर्दि नियन्त्रण आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले गुण्डागर्दिका विषयमा आफुले कसैसंग सम्झौता गर्न नसक्ने बताउनुभयो ।

उहाले जस्तो सुकै दवाव आएपनि आफु कसैसंग नझुक्ने बताउदै जनताको जिउ धनको सुरक्षामा कटिवद्व रहने स्पष्ट पार्नुभयो । उहाले जनताले ढुक्कसंग बस्न पाउने अधिकारको रक्षा गर्दै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन लागि पर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी नेपालले प्रशासन कानुन अनुसार चल्ने भएकाले आफु कुनै खालको राजनितिक दवावमा नपर्ने दावीसमेत गर्नुभयो ।

जिल्लाको अपराध नियन्त्रण तथा रोकथामलाई प्रमुख प्राथमिकता दिने, अबैध लागुऔषध कारोबारको रोकथाम एवं कारवाही ,गुण्डागर्दि नियन्त्रणमा शुन्य सहनशिलता, चोरी तस्करी ,कालो बजारी तथा अबैध मदिरा नियन्त्रणमा विशेष जोड, फरार अपराधिहरुको खोजि कारवाहीलाई निरन्तरता, घटित अपराधको तत्कालै गहन अनुसन्धान गरि सुरक्षित एवं अपराधमुक्त नवलपुरको निर्माण गर्ने विषयमा आफु प्रतिवद्व रहेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ ।

परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले प्रहरी प्रशासनमा आउने सबै किसिमका मुद्वाहरुमाम समान व्यवहार गर्ने बताउनुभयो । उहाले पहुचका आधारमा नभै सत्य तथ्य र कानुन सम्मत तरिकाले पिडितलाई न्याय दिन आफु सदैव तयार रहेको भन्दै राजनितिक दवाव र प्रभावमा नपर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

परिचयात्मक कार्यक्रममा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले जिल्लामा पत्रकारहरुलाई समयमै सुचना दिन प्रहरी प्रशासनले कन्जुस्याई गर्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गनुभयो । उहाले स्थानिय प्रशासन र प्रहरीले पत्रकारहरुसंग समन्वय गरेर आडी बढ्नुपर्ने आवश्यकता रहेको भन्दै पत्रकार महासंघको भवन निर्माणका लागि प्रशासनको तर्फबाट पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।

परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी नेपाल र जिल्ला प्रहरी प्रमुख थापा केहि दिन अघि मात्रै जिल्लामा सरुवा भएर आएका हुन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्