24.1 C
Kathmandu
Tuesday, April 16, 2024
Flowers in Chania

४५ औ जुनियर डिभिजन तालीमको प्रथम प्रवचन कावासोतीको लुम्बिनी आवासियमा

- Advertisement -Flowers in Chania

कावासोतीको लुिम्वनि आवशिय माविमा एन सि सिको ४५ औ जुनियर डिभिजन तालीमको सुरुवात संगै प्रथम प्रवचन सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रुद्रलाल कण्डेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रमुख सेनानी प्रज्वल रायमाझि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख सेनानी रायमाझिले एन सि सि तालीमले विद्यार्थीहरुमा अनुसासन ,नेत्रित्व विकास ,वफादारिता विकासमा सहयोग पुर्याउने वताउनुभएको छ ।

कार्यक्रममा वोल्दै प्याप्सन नवलपुरका सचिव भिमलाल कण्डेलले विद्यार्थीहरुले अध्यनमा मात्र अव्वल भएर नहुने भन्दै अतिक्ति क्रियाकलापमा पनि दक्ष हुनुपर्नेमा जोड दिनुभएको थियो । उहांले यस विद्याालयले एन सि सि तालीममा विद्यार्थीलाई सहभागी गराएर सिङ्गो प्याप्सनलाई मात्र नभई जिल्लाकै गौरवको विषय वनेको वताउनुभयो । श्री राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालयद्धारा सञ्चालीत कार्यक्रमको मुख्य उद्देश्य अनुसासन ,नेत्रित्व विकास ,वफादारिता र राष्ट्रिय एकता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा ४४ जना क्याडेट लाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा सेनानि डिल्लीराम ढकाल , लुम्विनि आवशिय माविका प्रिन्सीपल मोतीराम तिवारीलगाएत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भाईस् प्रिन्सीपल त्रिभुवन तिवारीले गर्नुभएको थियो । असार- १४, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्