24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

भारतीय लगानीमा बन्ने अरुण तेस्रोलाई लक्षित गरी ३ वटा सकेट बम प्रहार

- Advertisement -Flowers in Chania

संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो । कार्यालयभन्दा केहि पर बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अनलाइनखबरसँग भने, ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर एउटा बाटो छ । बाटोभन्दा उत्तरतिर करिब पाँच-सात बिघा खाली जग्गा छ । त्यसको उत्तर-पश्चिम कुनामा मकैबारीबाट बनमाराको झाडीमा सकेट बम फालेको पाइएको छ । कुनै पनि क्षति भएको छैन ।’

प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिए । उनले भने, ‘भोजपुरतिरबाट आएर बम पड्काएर फेरि भोजपुरतिर नै फर्किएको हुनसक्ने हाम्रो अनुमान छ । खोजतलास जारी राखेका छौं ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए । अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो र सो आयोजना भारतीय लगानीमा बन्ने भएको थियो । २०७५ जेठ-३०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्