24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

फुटबलको उत्सव : रसिया यी १२ रंगशाला हुदैछन खेल ?

- Advertisement -Flowers in Chania

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ । ८० हजार दर्शक क्षमताको लुजान्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म खेलहरु तय भएका छन् ।

१) एकाटेरिङवर्ग रंगशाला, एकाटेरिङवर्ग

एकाटेरिङवर्ग सहरमा रहेको एकाटेरिङवर्ग रंगशाला उरल पहाडको उचाइमा रहेको छ । सन् १९५३ मा बनेको रंगशाला एफी उरलको घरेलु मैदान हो । जहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । यसको सन् २०१४ देखि २०१७ सम्म पुननिर्माण गरिएको थियो ।

यहाँ जुन १५ मा इजिप्ट र उरुग्वे, जुन २१ मा फ्रान्स र पेरु, जुन २४ मा जापान र सेनेगल साथै जुन २७ मा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ ।

 

 

२) कालिनिङरड रंगशाला, कालिनिङरड

कालिनिङरड सहरको यो रंगशाला बाल्टिक समुन्द्री तटमा रहेको छ । यहाँ ३५ हजार दर्शक क्षमता रहेको छ । सन् २०१६ बाट यो रंगशालाको पुनर्निर्माण गरिएको हो ।

यहाँ जुन १६ मा क्रोयसिया र नाइजेरिया, जुन २२ मा सर्विया र स्वीट्जल्याण्ड, जुन २५ मा स्पेन र मोरक्को साथै जुन २८ मा इंग्ल्याण्ड र बेल्जियमबीच खेल हुनेछ ।

 

 

३) कजान रंगशाला, कजान

कजान टार्टस्थान राज्यको राजधानी हो । कजान रंगशाला वल्र्ड युनिभर्सिटी खेलका लागि सन् २०१३ मा निर्माण गरिएको हो । यो रुबिन कजान क्लबको घरेलु मैदान हो । जहाँ ४५ हजार दर्शक क्षमता रहेको छ ।

यहाँ जुन १६ मा फ्रान्स र अस्ट्रेलिया, जुन २० मा इरान र स्पेन, जुन २४ मा पोल्याण्ड र कोलम्बिया, जुन २७ मा दक्षिण कोरिया र जर्मनीबीच साथै जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

 

 

४) लुजान्की रंगशाला, मस्को

आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुने यो रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ । यहाँ विश्वकप फाइनल खेल पनि हुनेछ ।

१९५० को दशकमा निर्माण गरिएको यो रंगशाला सन् २०१३ बाट पुनर्निर्माण गरिएको हो । यहाँ १९८० को ओलम्पिक खेलहरु पनि भएका थिए ।

सिएसकेए र स्पार्टक क्लबले घरेलु मैदानको रुपमा प्रयोग गरेको यो रंगशाला अहिले रसियाको राष्ट्रिय टिमको मैदान हो ।

यहाँ जुन १४ मा रसिया र साउदी अरेबिया, जुन १७ मा जर्मनी र मेक्सिको, जुन २० मा पोर्चुगल र मोरक्को, जुन २६ मा डेनमार्क र फ्रान्सबीच साथै जुलाई १ मा अन्तिम १६ को एक खेल, जुलाई ११ मा एक सेमिफाइनल खेल र जुलाई १५ मा हुने फाइनल खेल हुनेछ ।

५) स्पार्तक रंगशाला, मस्को

स्पार्तक रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यहाँ १९९२ मा मैदान र २०१० मा पुनर्निर्माण गरिएको हो । यसको रंगशालाका रुपमा औपचारिक उद्घाटन सन् २०१४ मा गरिएको हो ।

यहाँ जुन १६ मा अर्जेन्टिना र आइसल्याण्ड, जुन १९ मा पोल्याण्ड र सेनेगल, जुन २३ मा बेल्जियमर ट्युनिसिया, जुन २७ मा सर्विया र ब्राजिल साथै जुलाई ३ मा अन्तिम १६ को एक खेल हुनेछ ।

 

 

६) निज्नी नोवगोरोड रंगशाला, निज्नी नोवगोरोड

निज्नी नोवगोरोड सहरको भोल्गा नदी नजिकै रहेको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१५ मा निर्माण थालिएको रंगशाला यही वर्ष तयार भएको हो । यो मैदान रसियन क्लब एफसी रोस्तोफको घरेलु मैदान हो ।

यहाँ जुन १८ मा स्वीडेन र दक्षिण कोरिया, जुन २१ मा अर्जेन्टिना र क्रोयसिया, जुन २४ मा इंग्ल्याण्ड र पानामा, जुन २७ मा स्वीट्जरल्याण्ड र कोस्टारिका साथै जुलाई १ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ६ मा हुने क्वाटरफाइनलको एक खेल हुनेछ ।

 

७) रोस्तोभ रंगशाला, रोस्तोभ-अन-डन

रोस्तोभ सहरको यो रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१४ मा निर्माण सुरु गरिएको यो मैदानमा प्राकृतिक घाँस छ ।

यहाँ जुन १७ मा ब्राजिल र स्वीट्जल्याण्ड, जुन २० मा उरुग्वे र साउदी अरेबिया, जुन २३ मा दक्षिण कोरिया र मेक्सिको, जुन २६ मा आइसल्याण्ड र क्रोयसिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल हुनेछ ।

 

 

८) सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग

लुजान्कीपछिको महत्वपूर्ण रंगशालाका रुपमा यसलाई हेरिएको छ । यहाँ ६७ हजार दर्शक क्षमता रहेको छ । यो मैदानमा गत वर्षको कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल भएको थियो । यो सेन्ट जेन्ट पिटर्सवर्ग क्लबको घरेलु मैदान हो ।

यहाँ जुन १५ मा मोरक्को र इरान, जुन १९ मा रसिया र इजिप्ट, जुन २२ मा ब्राजिल र कोस्टारिका, जुन २६ मा नाइजेरिया र अर्जेन्टिना साथै जुलाई ३ मा हुने अन्तिम १६ को खेल, जुलाई १० मा हुने एक सेमिफाइनल खेल र तेस्रो स्थानका लागि जुलाई १४ को लागि हुने खेल हो ।

९) सामरा रंगशाला, सामरा

सामरा सहरको सामरा रंगशालामा ४५ हजार दर्शक क्षमता रहेको छ । यो सामरा राज्यको राजधानी पनि हो । दोस्रो विश्वयुद्धको दौरान यहाँ रुसी राज्यका कार्यालयहरु पनि थिए ।

यहाँ जुन १७ मा कोस्टारिका र सर्बिया, जुन २१ मा डेनमार्क र अस्ट्रेलिया, जुन २५ मा उरुग्वे र रसिया, जुन २८ मा सेनेगल र कोलम्बिया साथै जुलाई २ मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

 

१०) मोर्दोभिया रंगशाला, सारान्सक

सारान्सक सहरको यो रंगशालाको दर्शक क्षमता ४४ हजार रहेको छ । सन् २०१० मा निर्माण सुरु गरिएको रंगशालाको क्षमता वृद्धि गर्दै अप्रिल २०१८ मा सकिएको थियो । यो एफसी मोर्दोभियाको घरेलु मैदान पनि हो ।

यहाँ जुन १६ मा पेरु र डेनमार्क, जुन १९ मा कोलम्बिया र जापान, जुन २५ मा इरान र पोर्चुगल साथै जुन २८ मा पानामा र ट्युनिसियाबीच खेल हुनेछ ।

 

११) फिस्ट रंगशाला, सोची

सोची सहरमा अवस्थित फिस्ट रंगशालामा सन् २०१४ को विन्टर ओलम्पिक पनि भएको थियो । यसको दर्शक क्षमता ४८ हजार रहेको छ । यो मैदानलाई विश्वकप सकिएपछि रसिया राष्ट्रिय टिमको अभ्यास गर्ने मैदानको रुपमा प्रयोग गरिने छ ।

यहाँ जुन १५ मा पोर्चुगल र स्पेन, जुन १८ मा बेल्जियम र पानामा, जुन २३ मा जर्मनी र स्वीडेन, जुन २६ मा अस्ट्रेलिया र पेरु सार्थ जुन ३० मा हुने अन्तिम १६ को एक खेल र जुलाई ७ मा हुने एक क्वाटरफाइनल खेल हुनेछ ।

१२) भोल्गोगार्ड रंगशाला, भोल्गोगार्ड

भोल्गोगार्ड रंगशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । सन् २०१५ मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण यही वर्ष सकिएको थियो । विश्वकपपछि यो मैदान एफसी रुटरको घरेलु मैदानको रुपमा प्रयोग हुनेछ ।

जुन १८ मा ट्युनिसिया र इंग्ल्याण्ड, जुन २२ मा नाइजेरिया र आइसल्याण्ड, जुन २५ मा साउदी अरेबिया र इजिप्ट साथै जुन २८ मा जापान र पोल्याण्डबीचको खेल हुनेछ । ओके बाट

जेठ-१८, २०७५

 

 

 

 

 

 

 

 

 

 

 

 

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्