24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

मदन भण्डारी र कम्युनिष्ट एकता

- Advertisement -Flowers in Chania

बि.स.२००९ साल असार १४गते तप्लेजुङ मा जन्मीएका भण्डारी २०४६मा बाम मोर्चाबाट सकृय रहेर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको (जबज)नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडी बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।

उनका विभिन्न भनाई हरु आज सम्म पनी जनताको कान मा गुंजिरहेका छन- “जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ । हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग कराउदै जान्छ पिना सुक्दै जान्छ हाम्रो अभियान जारी रहन्छ र निष्कर्षमा पुग्छ । राजा यदि तिमी जनताको आधिकारमा गिद्दे दृष्टि लाउन्छौ भने श्रीपेच खोल र चुनाबमा आउ हामी तिमीलाई जनताको बलमा हर्राई दिन्छौ नत्र टाटनामा घांस हालेको बाख्रा जस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्दे दृष्टि नलागाऊ।

   साथीहरु हामी माओले भने जस्तै जुत्ता हेरेर खुट्टा काटने होइन की खुट्टा हेरेर जुत्ता काटने काम गरौ अर्थात देश अनुसार क्रांतिलाई अघि सारौ । यस्ता भनाइहरू राख्ने नेपाली बाम, जनाबादी र लोकत्रांत्रिक आन्दोलनका नायक स्वर्गीय जननेता मदन भण्डारी, नेपाली जनताको आशा भरोषाको केन्द्र जनताको ढुकढुकी, सत्रुहरूको लागी जिउदो बाघ जस्तै गर्जने तथा मजदुर किसान सोसित पीड़ितहरुका लागि आँखाको नानी, लोकतान्त्रिक आन्दोलानका महानायक आज सामू हुनुहुन्न, केबल उहाँले सोचेको सोच, स्मृतिका छंद, बिचार, दर्शन मात्र हामी संग छ । मदन भण्डारी हूरी वतास भएर आए, नेपाली जनताको लागि आमूल परिबर्तनको खाका कोरे, जनतालाई लोकत्रांतिक, बामपंथी, जनवादी आन्दोलनमा सरिक गराएर गाउँ गाउँबस्ती बस्ती चलायमान पारे, निकै चर्चा वटुले ।

विशेष गरी काठमाडौं मा तत्कालीन प्रधानमन्त्री समेत रहेका कृष्ण प्रसाद भट्टराई लाई हराएपछी उनको चर्चा नीकै चूलीयो। न्यूज़ वीक अमेरिका बटा प्रकाशित हुने पत्रिकामा समेत उहाको पहिलो अन्तर्वार्ता छापियो ।न्यूज़ वीक ले लेख्यो “कार्ल मार्क्स लाइव इन नेपाल “आर्थात कार्ल मार्क्स नेपाल मा जिबित छ्न भन्ने ढंगले देसी बिदेशी संचार माध्यामहरुबाट निकै चर्चाको शिखरमा भण्डारी देखिए। सायद यिनै राजनैतिक कारणले होला, पोखरा को कार्यक्रम सकेर चितवन को कार्यक्रम मा सहभागी हुन जादै गर्दा बि.स. २०५० सालको जेठ ३ गते नेकपा एमालेका तत्कालिन महासचिव कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रित रहस्यमय जीप दुर्घटनामा परी दाशढुङगामा दिवंगत हुनुपर्‍यो । उहाँहरुको देहावशानले सींगो नेपालको बाम आन्दोलन , गणतांत्रिक आन्दोलान , लोकतांत्रिक आन्दोलन , जनाबादी आन्दोलन , सर्बहारा मजदुर किसान , भूमिहीन किसान , देशभक्तको आन्दोलन र विशेष गरि कम्युनिस्ट आन्दोलन र एमालेका साथै मुलुकको राजनीतिमा अपूरणीय क्षति पुगेको थियो ।

मदन भण्डारी नरहेपनी आज हामी उनकै बिचार र सिद्धांत मा हीनेका छौं! दुखद कुरा त के हो भने उनकै बिचार र सिद्धांत को व्याख्या गरेर राजनीति बाट धेरै जना आज सम्म मन्त्री अनी प्रधानमन्त्री बने तर उनको हत्यारा पत्ता लगाउने बिसय मा किन त्यती चासो देखाइएन? त्यस घटनामा जीवित रहेका गाडी चालक अमर लामा लाई जेल बाट निसकने बित्तिकै अज्ञात समूहले हत्या गरेपछी घटना अझै रहस्य मै लूक्न गयो! अझ भनू पाटी बाट तत्कालीन घटना छानमीन का लागी ज़िम्मा पाएका केपी ओली प्रधानमंत्री भए एमाले पार्टीले पटक पटक सरकारको नेतृत्व गर्दा पनी हत्यारा पत्तालगाउन नसक्नु र उनकै जीवन सङ्गिनी बीधादेबि भण्डारी राष्टपती हुदा समेत घटना प्रति चासो नराख्नू का साथै दुर्भाग्य हो।

आज पनी नेताहरू विभिन्न कार्यक्रम मा नेता हरू भन्नू हुन्छ मदन भण्डारी को रहस्य मय हत्या भयो भनेर यदि हत्या नै भएको हो भने अनुसन्धान गरेर दोसी लाई किन कारबहि गरीदैन? पटक पटक आफ़नो सरकार हुदा समेत अनुसन्धान को त के कुरा मदन को नाम समेत लीइदैन! त्यसैले मैले नेतृत्वलाई प्रश्न गर्न चहान्छू! पटक पटक सरकार मा आऊँदा समेत मदन भण्डारि को हत्यारा पत्ता लगाउने प्रयास गरीदैन किन?मदन भण्डारी को को हत्यारा थाह नपाए को हो की जान्न नचाहेको? मदन भण्डारी कै विचार मा हीडेर देस कै शक्तिशाली पाटी बनेको एमाले र माओवादी को एकता भएको छ ।

आज देसमा एउटै कम्युनिस्ट पाटी बन्दै गर्दा अब सरकार र पाटी को ध्यान पनी केंद्रित होस बिश्वका धेरै घटना हरू छन जसको रहस्य धेरै वर्ष पछी पनी पत्ता लागेका छन्! आशा गरौ अब कम्युनिस्ट नेता हरु को ध्यान केंद्रित हुनेछ मदन भण्डारी को वास्तविक हत्यारा पत्ता लगाई कारबहि हुनेछ मदन भण्डारी हामी संग आज नरहे पनी हजुर का बिचार अनी सिद्धांत सधै हामी सगै रहनेछ मदन का ती मार्गनिर्देशित कुरा हरू अनी बिचार सधै अमर रहिरहनेछ! जेठ-३,  २०७५,

कृष्ण प्रसाद भूसाल ,  मध्यबिन्दु १५ नवलपुर

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्