24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी, विश्वको जुनसुकै प्रहरीले नवराज सिलवाललाई पक्रिन सक्ने, पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने एमालेको चेतावनी

- Advertisement -Flowers in Chania

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।

बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।

इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब १ सय ९२ देशका प्रहरीले नवराज सिलवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ ।

एमालेले ललितपुरबाट निर्वाचित सांसद समेत रहेका नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताएका छन् ।

जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधि पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। माघ-९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्