24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

सल्यानमा बस दुर्घटना, ३ को मृत्यु, ३० जना घाईते

- Advertisement -Flowers in Chania

सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६ भाटखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब २ बजे ना ५ ख ५३१ नम्बरको बस दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । तर उनीहरूको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले खबरडबलीलार्इ जानकारी दिए । ३० जना घाइते भएका छन् ।

घाइतेहरुको सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अहिले घाइतेको उद्धार भईरहेको छ । विस्तृत जानकारी आउन बाँकी।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्