24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

डा. केसी अनसनस्थलबाटै गिरफ्तार,केसीको समर्थनमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

- Advertisement -Flowers in Chania

डा. गोविन्द केसीलाई प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको पक्राऊ आदेशको केही घण्टा पनि बित्न नपाउँदै डा. केसी गिरफ्तारीमा परेका हुन् ।

अदालतको मानहानी गरेको आरोपमा डा. केसीलाई पक्राउ गरिएको हो । डा. केसीले सोमबार नै पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको विरोध गरेका थिए । उनीहरु भ्रष्ट भएको डा. केसीले आरोप लगाउँदै अदालतको निर्णयविरुद्ध अनसन बस्ने घोषणा गरेका थिए ।

डा. केसीले प्रधानन्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन गरेको केहीबेरमै सर्वोच्च अदालतका एक कर्मचारीले उनीविरुद्ध मानहानीको निवेदन दर्ता गरे । लगत्तै न्यायाधीश डम्बरबहादुर शाहीले डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिए । त्यसको केही घण्टामै डा. केसीलाई पक्राउ गरी राति ८ बजेपछि सिंहदरबारस्थित प्रहरी वृत्तमा लगियो । अब रातभरि डा. केसीलाई त्यहीँ राखिनेछ ।

सर्वोच्च अदालतले डा. केसीमाथि लगाएका आरोपहरुमा ‘अदालतबाट भएका फैसलाविरुद्ध आम जनमानसमा भ्रम पर्ने गरी नेपालको न्यया व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको’ भनिएको छ ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् ।  त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेकाे छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । पुस-२५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्