24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

देवचुली नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम कति सफल कति असफल ?

- Advertisement -Flowers in Chania

वातावरणमैत्री स्थानीय शासन कार्यक्रमको प्रारुप मिति २०७० असोज २० गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भई आ.ब. २०७१/०७२ देखि देशका १४ वटा जिल्लाका साविकका ६० वटा गा.बि.स तथा ५४ वटा नगरपालिकाहरुमा कार्यान्वयन भएको छ । जस मध्ये देवचुली नगरपालिका पनि एक हो । विकासलाई वातावरण संरक्षण संग तालमेल गरि दिगो विकासको अवधारणालाई साकार पार्ने लक्ष्य यस कार्यक्रमले लिएकोे छ । वातावरणमैत्री स्थानीय शासन कार्यक्रमले जलवायु परिवर्तनबाट पर्ने नकारात्मक असरहरुलाई न्यूनीकरण गर्दै स्थानीय गरिबी निवारण तथा शासकीय पद्घतिबाट समेत वातावरण संरक्षणका सवालहरुलाई सम्बोधन गर्न स्थानीय स्तरमा परिणाममुखी कार्यहरु गर्दै आएको छ ।
देवचुली नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागु भए पश्चात नगरका नारायणी नदी किनारा, लोकाहा खोला किनारा तथा अन्य स्थानमा गरि १५ हेक्टर सार्वजनिक जग्गाको संरक्षण तथा तारवार भएको छ ।

ध्रुव आचार्य (achdhruba@gmail.com)

एक वडा एक पोखरी भन्ने लक्ष्यका साथ हाल सम्म घुमाउरी पिकनिक स्पट, नागपोखरी वाल उद्यान, सालघारी चुहाडी, कदमपुर लगाएतका स्थानमा ९ वटा पार्क सहितको पोखरी निर्माण तथा भईरहेका पोखरीको संरक्षण भएको छ । देवचुली नगरपालिकामा रहेका खुला स्थान तथा खाली जग्गाहरुको संरक्षण गर्न पार्क निर्माण, बृक्षारोपण गरी शहरी हरियाली प्रर्वधन एवं खेलमैदानको रुपमा विकास गरिएको छ । खानेपानी मुहान संरक्षण कार्यक्रम अन्र्तगत प्रगतिनगर खानेपानी मुहान, दिब्यपुरी खानेपानी, गोमान सिह रानीवेल संयुक्त, देवचुली विशालटार, धाराडी, नयाँछाप लगाएतका ७ वटा खानेपानी मुहान संरक्षण गरिएको छ ।
बौलाहा, लोकाहा खोला तथा मुकुण्डे खोला छेउ आसपासको क्षेत्रमा वाँस, अमृसो, निम, अमला, जामुन लगाएतका बृक्षारोपण गरिएको छ । तटबन्धन तथा वृक्षारोपण गरि भु-क्षय नियन्त्रणमा टेवा पु¥याएको छ । वातावरणमैत्री स्थानीय शासनका घर परिवार तथा टोल तहका सूचकमा आधारित भई सुधारिएको चुलो जडान लगाएतका क्रियाकलाप मार्फत घर भित्रको धुवाँ रहित स्वच्छ वातावरण प्रर्वधनमा सहयोग पुगेको छ । वाटो किनारा तथा सार्वजानिक जग्गामा फलफुल तथा अन्य वहुउपयोगी फुल विरुवा लगाई शहरी हरियाली प्रर्वधन गरिएको छ । कृर्षि उपज संकलन केन्द्र निर्माण, अर्गानिक खेति तथा प्राङ्गारिक विषदी प्रर्वधन तालिम, भकारो सुधार लगाएतका कार्यक्रम मार्फत अर्गानिक कृषिको प्रर्वधन तथा व्यवसायीकरणमा सहयोग पु-याएको छ । प्लास्टिक जन्य फोहोरको ब्यबस्थापन तथा वातावरणमैत्री वैकल्पीक झोला उत्पादन कार्यक्रम मार्फत नागरिक सचेतना केन्द्रका सदस्यहरु सहभागी गराई सिलाई कटाई तथा झोला निर्माण सिप विकास भई उनिहरुको आर्थिक उपार्जन समेत भएको छ । देवचुली नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाने लक्ष्यका साथ नगरलाई सफा, हरियाली, सम्वृद्घ, समतामुलक साथै उज्यालो शहर अन्तर्गत एकिकृत फोहोरमैला व्यवस्थापन, बाटो किनारा बृक्षारोपण, वाल तथा वातावरणमैत्री पूर्वाधार, रोजगारी सिर्जना साथै सौर्य सडक बत्ती जडान लगायतका कार्यहरु गरिएको छ ।
देवचुली नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत विभिन्न वातावरणमैत्री क्रियाकलाप सञ्चालन गर्नका लागि आ.ब. २०७१/०७२ मा ७८ लाख, आ.ब. २०७२/०७३ मा १ करोड ३५ लाख र आ.ब. २०७३/०७४ मा १ करोड २६ लाख गरी जम्मा ३ करोड ३९ लाख रुपैयाँ लगानी गरिएको छ । वातावरणमैत्री घर परिवार तह र टोल तहका सूचकहरु पुरा गरी २५ टोलका ११६८ घरघुरी वातावरणमैत्री घोषणा भईसकेका छन । वातावरण संरक्षणसंग सम्वन्धीत क्रियाकलापहरु सञ्चालन गर्दै विकास र वातावरणको तालमेल मिलाई दिगो विकासको लक्ष्य प्रप्त गर्ने तर्फ देवचुली नगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सफल भएको छ ।
(लेखक देवचुली नगरपालिकाका वातावरण विद हुन )

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

11 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्