24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

चर्चित दक्षिण भारतीय अभिनेत्रीको अपहरण र बलात्कार

- Advertisement -Flowers in Chania
फागुन-७, एजेन्सी, दक्षिण भारतीय अभिनेत्री भावनाको अपहरण र त्यसपछि यौनशोषण भएका छ। मलायलम फिल्मकी चर्चित अभिनेत्री मानिने भावनाको कोचीमा अपहरण भएको भारतीय समाचारमाध्यमले जनाएका छन्। प्रहरीले यसको आरोपमा एकलाई पक्राउ गरिसकेको छ भने बाँकीको खोजी जारी रहेको बताएको छ। भावनाको अपहरण र पछि यौनशोषण भएको मुद्दा प्रहरीले दायर गरेको छ।
प्रहरीका अनुसार उनी सुटिङ सकेर घर फर्कदैं गर्दा तीन जना मानिसले जबरजस्ती गाडी रोकेर उनको फोटो खिच्न सुरु गरे। र, त्यसको केही समयपछि उनलाई अपहरण गरेर गाडीमै घुमाइरहे। राती करिब साढे दश बजे भावनालाई उनको घर नजिकै लगेर उनीहरुले छोडिदिएका थिए। भावनाका ड्राइभरलाई पनि प्रहरीले हिरासतमा लिएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको समाचारमाध्यमले जनाएका छन्।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्