24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

चितवन शक्तिखोरको माओवादी क्याम्प अब बन्नेभो औद्योगिक क्षेत्र, चितवनका व्यवसायीहरुमा खुशीयाली

- Advertisement -Flowers in Chania

फागुन-४, सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो । माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर तथा उर्जामन्त्री जनार्दन शर्माका अनुसार चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको हो । ०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको प्रमुख मुख्यालय शक्तिखोरमा बनाइएको थियो। सेना समायोजनअघि करीब चार बर्ष लडाकुहरु त्यहि बसेका थिए । माओवादी लडाकुका लागि सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो । शिविर सञ्चालन गरिएका स्थानलाई संग्रालयका रुपमा संरक्षण गरिनु पर्ने माओवादीका नेता तथा कार्यकर्ताले बताउँदै आएका थिए। बैठकले औद्योगिक क्षेत्रसंगै विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकसँग २० अर्ब रुपैया ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यसैबिच  चितवनका उद्योगी/व्यवसायीहरुले पटक–पटक सरकारसंग यही माग राख्दा अन्तत सम्बन्धित मन्त्रालय र स्वंम प्रधानमन्त्री सकरात्मक बन्दा मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्न सफल रह्यो । सरकारको यो निर्णयले चितवनका उद्योगीहरुलाई थप हौसला मिलेको चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो–“हामी औद्योगि क्षेत्र बनाउनका लागि सरकारलाई झकझकाई रहेका थियौं, यो निर्णयले हामी सबै चितवनका उद्योगीहरु खुशी छौं ।”
चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव उद्योग मन्त्री नविन्द्रराज जोशीले मन्त्रीपरिषद् बैठकमा लग्नुभएको थियो । यसले निर्णयले चितवनको विकासमा थप टेवा पुग्ने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रो दवाब र चितवनका उद्योगीहरुले देखाएको संभावनाले यो निर्णय सम्भव भएको, यसमा सबै खुशी हुनुपर्छ ।” सरकारको यो निर्णयप्रति उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले पनि खुशीयाली प्रकट गर्नुभयो । उहाँले औद्योगिक क्षेत्र निर्माणले समग्र चितवनको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले विक्री वितरण भन्दा उत्पादनमा जोड दिने बेला आएको भन्दै यसले चितवनको विकासमा धेरै मद्धत पुग्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विशुरालले दश वर्षदेखि नै रत्ननगर उवासंघले उठाएको यस मागलाई सरकारले निर्णय गरेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो–“ चितवनबासीको लागि यो गौरवको कुरा हो, यसको निर्माण छिट्टै थालनी गर्नुपर्छ । उहाँले निजी क्षेत्रका लागि मात्रै नभई उद्योग व्यवसायमा यसले ठुलो सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले मूख्य गरि उद्योग व्यवसाय चलाउन जग्गामा नै धेरै लगानी गर्नुपर्ने चितवनका उद्योगीहरुको बाध्यता अब हट्ने भएकाले उद्योग व्यवसाय गर्न सहज हुने बताउनुभयो । उहाँले उद्योग चलाउन चालु पुँजी मात्रै भए पनि पुग्नेले भएकाले सबै खुशी भएको बताउनुभयो । सरकारले औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको क्षेत्र करिव २ हजार ५ सय बिघा क्षेत्रफलमा रहेको छ । विगतमा माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको हाल सो क्षेत्रमा हाल नेपाली सेनाको सिंहनाथ गण रहेको छ । पहाडी गाविससंग जोडिएको शक्तिखोर हाल कालिका नगरपालिका बनेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्