24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

नवलपरासीको कावासोतीमा भ्यालेन्टाइन्स डेलाई हिंसा विरुद्धको दिनकोरुपमा मनाईयो

- Advertisement -Flowers in Chania

माघ-३, कावासोती, खगराज सापकोटा । विश्वभर भ्यालेन्टाइन्स डे प्रेमी प्रेमीका बिच मायां साटासाट गरी मनाईरहदा नवलपरासीको कावासोतीमा भने यस दिन लाई हिंसा विरुद्धको दिनकोरुपमा मनाईएको छ । विश्वमा ३ मध्ये १ महिला आफ्नो जीवनकालमा बलात्कार वा कुनै पनि हिंसामा पर्न सक्ने सन्देश फैलाउन  जिल्लाका महिला तथा वालवालिकामा जनचेतना फैलाएर भ्यालेन्टाइन्स डे मनाईएको हो । भ्यालेन्टाइन्स डे कै दिन पनि कति बालवालिका र महिला हिसांमा पर्ने गरेको भन्दै गाउं गाउंमा गएर नाचंगान र मैन बत्ति प्रज्वलन गरी मायां साटासाट गरीएको महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष कल्पना विन्दु गौतमले बताईन् । गौतमका अनुसार महिला हिसांका घटना तथा विभेद माझी मुसहर तथा बोटे समुदायमा तुलनात्मकरुपमा थोरै छ । जिविकोपार्जनका लागि सर्घष गरीरहेका उनिहरु विहान बेलुकाको छाक टार्नमा नै बढी ध्यान दिनुपर्ने हुदा छिटो विवाह भएपनि वहुविवाह र हिसां शहरी क्षेत्रमा भन्दा कम रहेको छ । जागौ , तोडौ र जुटौ भन्ने नाराको साथमा ‘उर्लदो सय करोड ’ नामक अभियान नै चलाएर जिल्लाको कावासोती , दलदले , चोरमारा , कुमारवर्ति लगायतका १० स्थानमा जनचेतना र नाचंगान गरेर भ्यालेन्टाइन्स डे मा महिलाहरु सहभागि भएका थिए । यसरी विदेशी संस्कृती भ्यालेन्टाइन्स डे लाई महिला तथा बालबालिकाको प्रेम र हिंसा विरुद्धको अभियानकोरुपमा मनाएकोमा सरोकारवालाहरुले समेत स्वागत गरेका छन् । जिल्लाको नवलपुर क्षेत्रमा मात्र साउन देखी माघ मसान्त सम्ममा महिला हिसां सम्बन्धि ५८ ओटा निवेदन दर्ता भएका छन् भने ६५ जना महिला तथा बालवालिका बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ । बेपत्ता मध्ये ३० जना फेला परेको र ३५ जना अझै बेपत्ता रहेका छन् । महिला तथा वालवालिका सम्बन्धि घटनाहरु प्राय गाउंघरमा नै  मिलापत्रमा नै सिमीत हुने भन्दै हिसां भएपनि प्रहरी र अदालत सम्म नपुग्दा यथार्थ विवरण समेत आउन सकेको छैन् । कार्यक्रम दाउन्ने साप्ताहिक , महिला अधिकार मञ्च , रेडियो कावासोती , एक्टिभिष्टा , माझीमुसहर बोटे सेवा कल्याण लगायतको सहकार्यमा विपि चोकमा सम्पन्न भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्