24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे

- Advertisement -Flowers in Chania

देशमा यतिबेला प्राविधिक विषय तर्फ मानिसहरु आकर्षित हुदै गएका छन  । आधुनिक युगको विकास संगै तिवेला इन्टरनेटको विकास हुदै गएको छ। विशेष गरेर यतिबेला कम्पुटर तथा इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका गतिविधिहरु सजिलै संग जानकारी पाउने माध्यम बनेका कारण पनि यतिवेला इन्टरनेटको प्रयोग बढ्दो छ । कम्पुटरमा इन्टरनेट जडान गरि सोहि माध्यमद्धारा विश्वका हरेक क्षेत्रको गतिविधिहरु थहा पाउन सक्ने अवस्था सृजना भएको छ। मनिसहरु २१औँ शताब्दीमा आइ पुग्दा विभिन्न कुराहरु विकास भए संगै इन्छरनेटको पनि तिब्र विकास हुदै गएको छ। त्यस्तै इन्टरनेटको विकास भए संगै यतिबेला जिल्लामा रहेका कम्युटर ट्रेनिग सेन्टर तथा साइवरहरुमा पहिलेको तुलनामा यतिबेला कम्पुटर ज्ञान लिन आउने तथा इन्टरनेट प्रयोग गर्न आउनेको संख्यामा पनि बृद्धि भएको छ  । जिल्लाको विभिन्न ठाउँमा संञ्चालनमा रहेका  कम्पुटर तथा साइवर केन्द्रहरुमा यतिबेला इन्टरनेट प्रयोग कर्ताको संख्यामा बृद्धि हुदै गएको साइवर संचालकहरुले बताएका छन । जिल्लाको रजहरमा रहेको त्रिदेव कम्पुटर ट्रेनिङ सेन्टरका संञ्चालक अशोक थापाका अनुसार दैनिक ५० देखि ६० जना सम्म इन्टरनेट प्रयोग गर्न अथवा कम्युटर सिक्न आउने गरेको बताउदै उहाले २१औ शताब्दीमा आइ पुग्दा यतिबेला कम्पुटर तथा इन्टरनेट अत्यावस्यक भएकोले ४ वर्ष अघि सम्मको समयमा भन्दा यतिवेला इनटरनेट प्रयोग कर्ताहरु आफ्नो कम्पुटर सेन्टरमा बढि आउने गरेको बताउनुभयो ।
केहि वर्ष अघि देखि जिल्लाको रजहरमा कम्पुटर शिक्षा तथा साइवर सेन्टर संञ्चालन गदै आउनुभएका थापाका अनुसार अहिले विशेष गरेर कम्पुटर सिक्ने आउनेको संख्यामा बृद्धि भएको भए पनि विशेष गरेर रोजारको लागि यतिबेला कम्पुटर अत्यावसेक भएकोले युवाहरु बढि मात्रामा डिप्लोमा तथा लेखा सम्बन्धि शिक्षा लिन बढि आउने गरेको बताउनु भयो ।
पछिल्लो समय जति इन्टरनेटको प्रयोगले दैनिक कृयाकलाप सरल बनाएको त्यसरी नै विगारेको पनि छ । इन्टरनेटको सदुपयोग भन्दा दुरुपयोग बढ्यो भने हरेक कृयाकलापमा नकारात्मक प्रभावहरु पनि पर्ने गरेको छ। इन्टरनेटको दुरुपयोगका कारण विभिन्न साइवर अपराधहरु  बढ्दो देखिन्छ । इन्टरनेटको प्रयोग केवल सदुपयोग मात्र गर्नु आवस्यक छ यसको दुरुपयोग गर्नु अपराध बराबर नै रहन्छ । जसरी इन्टरनेको प्रयोगले हरेक अफ्ट्यारा कृयाकलाप सजिलै सम्पन्न गरिन्छ त्यसरी नै यसको प्रयोग दुरुपयोमा भन्दा सदुपयोग गर्नु आवस्यक छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्