24.1 C
Kathmandu
Tuesday, April 16, 2024
Flowers in Chania

नारायणी नदि दिनानुदिन प्रदुषण हुदा संरक्षण कर्मीहरु चिन्तीत

- Advertisement -Flowers in Chania

माघ-५, बिबेक भण्डारी, नवलपरासी र चितवनको सिमानाको रुपमा बग्ने नारायणी नदि दिनानुदिन प्रदुषण हुदा पर्यावारण  संरक्षण कर्मीहरु चिन्तीत बनेका छन । नवलपरासीको नारायणी नदि तथा सिम्सार क्षेत्र दिनादुनि प्रदुषण हुदा सिम्सार क्षेत्रमा पाइने जंगलिजनावर तथा पंक्षिको संख्या घट्दो छ । देशको आर्थिक विकासमा पर्यटन व्यवशायले गति लिइरहेका बेला यसरी सिम्सार क्षेत्र दुषित हुदा पर्यटकको आकर्षण केन्द्रका रुपमा रहेका बन्य जन्तु तथा पंक्षिहरु घट्दै जादा पर्यटन क्षेत्र् नै धराप मा पर्ने होकी भन्ने चिन्ता बढेको हो ।  देशमा पर्यटकिय सम्भावना प्रसस्त मात्रा रहे पनि मानवविय कृयाकलापका कारण दिनानुदिन पर्यटन क्षेत्र कुरुप हुदै गएको छ । पर्यावरण संरक्षण तथा पर्यटक ब्यबसायीहरुले जिल्लाको नारायणी किनारमा पर्यटकहरु आकर्षण गर्न विभिन्न किसीमका कृयाकलाप संचालन गरेपनि नदिको किनारमा उघोगहरु संञ्चालन गर्दा उघोगबाट निस्कीएका विभिन्न प्रदुषित वस्तुहरुले नदि संगै नदिको आसपासमा रहने जंगलीजनावर तथा पंक्षिहरुमा असर पर्दै गएको छ। पर्यटकका लागि आर्कषकको केन्द्र रहेको प्रकृतिक शौन्दर्य तथा जंगलिजनावरहरु यतिबेला मानविय कृयाकलाप कै कारण घट्दो अवस्थामा रहेको देखिन्छ । त्यस्तै पर्यटन ब्यबसायी तथा पंक्षि विद डि वी चौधरीले जिल्लाको गैडाकोट देखि कावासोती क्षेत्र भएर बग्ने नदि यतिबेला बढि प्रदुषित भएको बताउनुभयो  । वहाले यतिबेला मानविय कृयाकलापले नै प्रकृतिको नास गरिरहेको बताउदै नारायणी नदिलाई ढल निकास गर्ने थलोका रुपमा विभिन्न उघोगहरुले प्रयोग गर्दै आएको बताउनुभयो । फलस्वरुप हामीलाई तत्काल यस्ता कृयाकलापले त केहि फाइदा पुर्याउला तर भविष्यमा जनावर तथा पंक्षिहरु लोप भए जान सक्ने अवस्था सृजना हुने बताउनुभयो ।  चौधरीले नारायणि नदि तथा नदिमा भेटिने विभिन्न जनावर तथा पंक्षिहरु अवलोकन गर्ने मुख्य केन्द्र रहेको हुदा भविष्यमा यस्ता प्रकृतिक शौन्दय लोप हुदै जादा जिल्लाको नारायणी नदि किनारमा अवलोकन गर्न आउने पर्यटकको संख्यामा पनि गिरावट आउने भयावह स्थिति उत्पन्न हुनसक्ने समेत बताउनुभयो । चौधरीले बिस वर्षको अवधिमा नारायणी नदि प्रदुषण हुदै जादा ७० प्रतिसत पंक्षिहरु यस क्षेत्रमा वस्न नसकेको र उनिहरुलाई सुहाउदो बाताबरण विग्रेका कारण यन्यत्र गएको बताउनुभयो । पर्यटन क्षेत्रको मापडण्ड अनुसार पर्यटन क्षेत्र भनेर छुट्याइ सके पछि त्यस  क्षेत्रको पाचँ सय मिटर वरपर पर्यटन तथा पर्यटकिय क्षेत्रलाई कुरुप पार्ने खालको कुनै पनि गतिविधि संञ्चालन गर्ने अनुमति नहुदा नहुदै पनि अतिवेला मापडण्ड विपरित यस्ता कृया कलाप भइ रहेको भए पनि नगरपालिका तथा संवधित निकायले यो विषयमा कुनै वास्ता नगरेको चौधरीको भनाइ छ । देशको पर्यटन तथा प्रकृतिक क्षेत्रलाई संरक्षण गर्ने समयमा जिल्लामा यस्ता गति विधि भइ रहेको भए पनि यसमा भने कसैको ध्यान जान सकेको छैन । न त नगरपालिकाको नै ध्यान जान सकेको छ न त राज्यको नै ध्यान जान सकेको छ। यस्तो विषयमा नगरपालिका तथा संवधित निकायले अनुगमन गरि पर्यटन र प्रकृतिक क्षेत्रको संरक्षण गर्नु आवस्यक छ ।  देशको प्रकृतिक र पर्या-पर्यटन संरक्षणमा सवैको धयान जानु पर्ने बेला आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्