24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

इन्डोनेसियामा नौ नेपाली पक्राउ (नाम सहित)

- Advertisement -Flowers in Chania

काठमाडौं–  इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

इन्डोनेसियाको अनलाइन समाचार पोर्टल जकार्ता पोस्ट डट कमका अनुसार पक्राउ परेका ९ जना नेपाली कसैसँग पनि इन्डोनेसियाको भिसा थिएन । मानव तस्करले उनीहरूलाई त्यहाँ पु-याएको आशंका अध्यायगमनको छ ।

पक्राउ परेका ९ नेपालीमा विश्वराम खड्का (२७), रवी पुन (२७), जगन्नाथ पाण्डे (२७), सञ्जीव आर.टी (२७), अनिश लामा (२०), राजेन्द्र लिम्बु (२९), कैलाश तामाङ (२९), विष्णुबहादुर पुन (३१) र प्रकाश लामा (३५) छन् । उनीहरू एक साताअघि इन्डोनेसिया पुगेको जनाइएको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्