24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपरासीको कावासोतीमा प्रथम युवा सम्मेलन सुरु

- Advertisement -Flowers in Chania

मंसीर-२४ , नवलपरासी, नवीन पौडेल । आज देखी नवलपरासीको कावासोतीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । युवाहरुको समस्या पहिचान र समाधानका लागि ठोस कार्ययोजना निमार्णको लक्ष्य सहित सम्मेलन सुरु भएको हो । हरियाली एकतामञ्च , वातावरण जनजागरण मञ्च , दिप आर्दश सामाजिक विकास मञ्च र देवचुली टेलिभिजनको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले युवाहरुको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने भन्दै राज्यले युवाशक्ति लाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्न सक्नुपर्ने बताए । सम्मेलनमा नवलपरासी जिल्लामा युवाहरुको समस्या , लागुपदार्थको दुव्र्यसनिको अवस्था तथा वातावरणमैत्री समाज निमार्णमा युवाहरुले खेल्न सक्ने भुमीकाको विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । शनिबार सम्पन्न हुने सम्मेलनमा जिल्लामा कृयाशिल युवा क्ल्व तथा विभिन्न संघसंस्थाका २ सय भन्दा बढी युवाहरुकोे सहभागिता रहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्