24.1 C
Kathmandu
Thursday, April 11, 2024
Flowers in Chania

नवलपरासीमा प्रथम युवा सम्मेलन हुने

- Advertisement -Flowers in Chania
मंसिर-२२, खगराज सापकोटा। नवलपरासीमा प्रथम युवा सम्मेलन २०७३ हुने भएको छ । यहि मंसिर २४ र २५ गते अमलटारी मध्यवर्ती होमस्टे अग्यौलीमा सम्मेलन गर्न लागिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो । वातावरण जनजागरण विकास मञ्च, दिप आदर्श सामाजिक विकास मञ्च, टेलिभिजन देवचुली टेलिभिजन, हरियाली एकतामञ्च नेपालको आयोजनामा युवाहरुका सवालहरुलाई स्थापित गराउने उदेश्य सहित कार्यक्रम गर्न लागिएको आयोजकको  भनाई छ । युवाहरुको समस्याको पहिचान र न्यूनिकरण, युवा शक्तिको महत्व, सरकारको युवा लक्षित कार्यक्रम, युवासँग सम्बन्धित अन्य कार्यक्रमहरुबारे जानकारी गराउने उदेश्य रहेको डयाड नेपालका अध्यक्ष किरण भूर्तेलले जानकारी दिए । जिल्लाका युवासँग सम्बन्धित विभिन्न संघ संस्थाका १ सय युवाहरु सहभागी हुने सम्मेलनमा लागूपदार्थ दुव्यसनी, उद्यमशील युवा, वातावरण र जौविक विविधता संरक्षण, राष्ट्र निर्माण युवा लगाएतका ५ वटा बुँदामा छलफल हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रका बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको देवचुली टेलिभिजनका अध्यक्ष केबी रानाले जानकारी दिए । सम्मेलनको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्