बैदेशिक रोजगार ब्यबसाय नेपालको लागि अहिलेको अपरिहार्य आवस्यकता हो भन्ने कुरामा कसैको दुइमत नहोला, किनकि मेरो बुझाइ र अनुभव ले थाहा पाय सम्म कोहि कसैले पनि घर घरमा गएर जबर्जस्ति बैदेशिक रोजगारी मै जानलाई प्रेरित गरेको हुदैन, जसलाई आवस्यकता छ, जो जान चाहन्छ उसैलाई अन्तर्वार्ता लगायतका प्रक्रिया हरु पुरा गरेर पठाउने गरिन्छ, तसर्थ पनि यो क्षेत्र र ब्यबसाय आजको आवस्यकता हो | यो ब्यबसाय र क्षेत्र भित्र प्रसस्तै ब्यबहारिक र कानुनि समस्या हरु छन् साथै ब्यबसाहिका गल्ति र कमजोरी पनि | संग संगै हामी कंहा एउटा एस्तो तप्का छ जो हरेक कुरा नेगेटिभ कोण बाट हेर्छ र त्यसरी नै बिस्लेशण गर्छ जसको पहुँच अहिले को सामाजिक संजाल र केहि अनलाइन मिडिया हरु सम्म हुन्छ र ब्यक्त गरि हाल्छन जसको असर यो ब्यबसाय र कामदारमा अल्पकालीन रुपमा परेको प्रस्ट देखिन थालेको छ .
सरकार, आम नेपालि जनता, कर्मचारी तन्त्र, प्रशाशनिक निकाय लगाएत सम्पूर्णले एउटा सत्य बुझ्न जरुरि छ कि बैदेशिक रोजगार ब्यबसायी कै माध्यम बाट गएका कामदार हरुले खांडीमा बगाएको पसिनाको कमाइले गर्दा नै महा भुकम्प र नाकाबन्दीमा पनि पर्याप्त सरकारी राहत नहुदा पनि खानको अभाव र चिसोले कठ्याङ्ग्रियर कसैले ज्यान गुमाउनु परेन, कालो बजार बताई खरिद गरेर भए पनि सवारी साधन गुडी रहे, भान्छा को चुलो बलि रहे, दश बर्से जनयुद्ध होस्, भुकम्प होस् या नाकाबन्दी लुटपाट र सामाजिक हिंसाहरु हाइटी, कंगोमा जसरि हुन पाएनन् र हामि राम्रै संग बाची रहेउ, सरकारी कर्मचारीले पनि तलब भत्ता खाइ नै रहेउ .| तसर्थ यो क्षेत्र नै ठगि खाने ठाउँ हो भन्ने बुझाइलाई सच्चाउन जरुरि छ, बदल्न जरुरि छ, धेरै जसो कामदार हरु राम्रो काम र कमाइ गरि रहेको भए पनि केहि मात्रामा ठगिने र दुख पाउने समस्या न भएको भने होइन .
सत प्रतिशत कमजोरी बिहिन कहिँ, कतै सम्भव छैन तर अधिकतम स्वछताको लागि प्रयाश गरि रहन जरुरि छ नकि ब्यबसायी र ब्यबसाय नै धराप मा पर्ने गरि गरिने र चालिने क्रिया कालाप हरु, यो प्रयाशको लागि सम्बन्धित ब्यबसायी, सम्बन्धित सरकारी निकाय, क्षेत्र संग सम्बन्धित बिज्ञ हरु र सम्भव भए सम्म बैदेशिक रोजगारीमा गइ फर्केका कामदारको पनि संलग्नतामा छलफल र अन्तरक्रिया गरिनु र गरि रहनु उपयुक्त देखिन्छ | बैदेशिक रोजगार ऐन संसोधन गरि समय सापेक्ष बनाउन जरुरि छ साथै सरकारsf] यो क्षेत्रको बारेमा स्पस्ट धारणा आउन जरुरि छ, यदि सरकार बैदेशिक रोजगारको आवस्यकता महसुस गर्दैन र बन्द नै गर्न चाहन्छ भने नीतिगत निर्णय गरेर बन्द गर्नु उपयुक्त हुन्छ अन्यथा हामी कंहा भएका सम्भावना हरुको अधिकतम सदुपयोग गरि रोजगारीको सिर्जना गरियो भने यो क्षेत्र आफै हराउदै जानेछ, यो तत्काल सम्भव देखिदैन तसर्थ यस क्षेत्रको संरक्षण र सुधार नै तत्कालको आवस्यकता हो .
बिना कुनै सुझ बुझ, बिना सल्लाह, बिना श्रम सम्झौता एकतर्फी हिसाबले लादिएको फ्री भिसा, फ्री टिकेट को निर्णयमा पुनर्विचार जरुरि छ किन भने आम बुझाई भनेको टिकटको पैसा नेपाल सरकारले नै बेहोर्ने हो कि भन्ने जस्तो छ जुन कुरा सत्य होइन र जसको कारण ब्यबसाय नै धराप मा पर्ने वा ठगि बढ्ने देखिन्छ तसर्थ निर्णयको पुनर्मूल्यांकन र तत् पश्चात कडाइका साथ् लागु गर्नु पर्ने हुन्छ | बैदेशिक रोजगार संग सम्बन्धित ऐन र आन्तरिक राजस्व बीच तालमेल नहुदा ब्यबसायी माथि अर्को झमेला छदै छ, ब्यबसायीलाई खर्च पश्चातको नाफा देखाएर कर तिर्न पाउने र मिल्ने गरि ऐन मा व्यवस्था गर्न जरुरि छ | ब्यबसायीलाई आतंकित पार्ने होइन ब्यबस्थित र मर्यादित बनाउनको लागि ऐनलाई ब्यवारिक बनाउन आवस्यक छ, जसमा कामदारको तलब र कामको सम्बन्धमा ब्यबसायीले जिम्मा लिने वा बिभाग बाट कम्पनीको जमानत मगाएर स्वीकृति प्रदान गरिएको छ भने उक्त कामदारको तलब र काम जस्ताको त्यस्तै उपलब्ध गराउने जिम्मा सम्बन्धित देशको हाम्रा नियोग हरुले लिने व्यवस्था गरिg’ पर्दछ होइन भने न्युनतम तलबको व्यवस्था गरेको छ भने ब्यवासहिको ग्यरेण्टिमा स्वीकृति दिने र तोकिएको तलब र काम उपलब्ध नगराएमा हदै सम्म को कारवाहीको व्यवस्था गरिनु पर्दछ .
पछिल्लो घटनाक्रममा जे देखिदै छ यसले आम ब्यबसायीलाई झनै आतंकित र त्रसित बनाएको छ, यदि प्रहरीकोमा उजुरी हरु छन् भने ब्यबसायी हुन् कार्यालयमै बोलाएर छलफल गरेर मिलाउन सकिन्छ अटेरी गरे पक्राउ गरेर कानुनी उपचारको लागि अदालत वा सम्बन्धित निकायम पेश गर्न सकिन्छ तर कुनै गैरकानुनी काम वा, ठुलै अपराध गरे जसरि छापा मार्ने, कागजातहरु जफत गर्ने, कर्मचारी र जाने कामदार सम्म लाई आतंकित पार्ने गरि खानतलास गरिनु लगाएतका सैली हरु व्यवहारिक लाग्दैनन् | अपराधको छानबिन गर्न प्रहरीलाई अधिकार होला र गरिनु पनि पर्दछ तर ब्यबसायी माथि फरक सैली अपनाउनु राम्रो हुन्छ जसरि गरियो त्यसले ब्यबसायिक सस्थाको विस्वासमा आंच आयो र आर्थिक र सामाजिक रुपमा धरासायी भयो भने यसको क्षेती पूर्ति कसले कसरि गर्न सक्छ < यो कुरा बुझ्न जरुरि छ, व्यवसायीका गल्ति कमजोरी हरु छन्, १०००० मा कामदार पठाउछु भनेर सरकार संग सम्झौता गरे पछि त्यति मा नै पठाउन सक्नु पर्थ्यो होइन भने सकिदैन भनेर कामदार पठाउन बन्द गरिनु पर्थ्यो तर त्यसो हुन सकेन र आज आफै कानुनी झमेला मा फस्दै गएको देखियो, तसर्थ हिजो का गल्ति कमजोरी लाइ सच्चाउदै युग सुहाउदो कानुन बनाउन र कानुन सम्बत व्यवसाय गर्दै देशको अर्थ तन्त्रलाई अझै बलियो बनाउन लागि पर्नु नै आजको आवस्यकता र समाधान हो . यसको लागि सरकार र ब्यबसायी बीच गहन छलफल गरेर निस्कर्स निकलियोस भन्ने आम ब्यवासाही र कामदारको माग छ .
यदु नन्दन भट्टराई
बैदेशिक रोजगार ब्यबसायी