24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

मध्यविन्दु क्याम्पस १० औं बर्षमा प्रवेश

- Advertisement -Flowers in Chania

नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पस १० औं बर्षमा प्रवेश गरेको छ । क्याम्पस १० बर्षमा प्रवेश गरेको अवसरमा क्याम्पसले विविध कार्यक्रमका साथ १० औं बार्षिकोत्सव मनाउने भएको छ । cropped-Logo-Hulaki.jpg
सोमबार कावासोतीमा पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फाल्गुन २३ गते बार्षिकोत्सव मनाइने भएको छ । बार्षिकोत्सव अघि क्याम्पसमा विभिन्न किसिमका प्रतियोगिता मनाइदै छ । सोही अवसरमा फाल्गुन २० गते प्रभातफेरि, फाल्गुन २१ गते रक्तदान कार्यक्रमहरु राखिएको छ ।
सोही अवसरमा क्याम्पसले स्मारिका प्रकाशित गर्ने जानकारी समेत गराइयो ।
सभासद् एवम् क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बार्षिकोत्सव कार्यक्रम एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने बताइएको छ ।
मध्यविन्दु क्याम्पसमा १८ सय २७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
रामकुमार श्रेष्ठ । नवलपरासी

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्