24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

भारतीय नाकाबन्दी विरुद्ध उर्लिए विद्यार ्थी

- Advertisement -Flowers in Chania


​भारतले अघोषित नाकाबन्दी गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको गरेको भन्दै युवा तथा विद्यार्थीहरुले नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन्। प्रर्दशनमा उत्रिएका युवा तथा बिद्यार्थीहरुले ‘ब्याकअफ इन्डिया’ लेखिएको ब्यानर, प्लेकार्ड बोकेर भारतीय नाका बन्दी र हस्तक्षेत्रका बिरुद्ध नाराबाजी गरेका छन्।

नेपालको राष्ट्रिय झण्डा सहित विरोध प्रदर्शनमा उत्रिएका युवा तथा विद्यार्थीहरुले भारतीय हस्तक्षेप बन्द गर, हामी राष्ट्रको पहरेदार, ‘उठ लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रर्दशनकारीहरुले नेपालको आन्तरिक मामिला समाधान गर्न नेपालीहरु आफै सक्षम भएको बताउँदै भारतीय हस्तक्षेत्र नेपालीहरुलाई स्वीकार्य नभएको बताएका छन्।

नेपालगन्जको गणेशमान चोकबाट शुरु भएको प्रर्दशन विपी चोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई प्रमुख राजनीतिक दल सम्बद्ध विद्यार्थी नेताहरुले सम्वोधन गरेका थिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

23 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्