24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

यस्तो छ ‘डर्टी पिक्चर्स’ की पात्रको दुखद कथा

- Advertisement -Flowers in Chania

मुम्बई । वर्ष २०११ मा विद्या वालान अभिनित चलचित्र ‘द डर्टी पिक्चर’ ले बलिउडमा ब्यापक सफलता पायो । फिल्मले केबल बक्स अफिसमा कमाल मात्रै गरेन । विद्याको करिअर पनि उचो बनाईदियो ।  यो फिल्म यति सफल हुनुको कारण केबल विषयबस्तु राम्रो भएर मात्रै होइन । यो फिल्म एउटा यस्तो पात्रमाथि बनाइएको छ । जो, कुनैवेला दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित पात्र थिईन् । र उनी कुनै समय हरेक फिल्मका लागि अनिवार्य मानिन्थिन् । उनको नाम हो सिल्क स्मिता । डर्टी पिक्चर्सको कहानी सिल्क स्मिताकै जिवनकथा थियो ।

 


silk-smitha-9_1442991991गरीबिले चार कक्षामै स्कुल बन्द

८० को दशकमा दक्षिण भारतमा सिल्क स्मिताको जादु यस्तो चल्यो । उनलाई नचिन्ने कोही भएन । सन १९६० मा आन्ध्र प्रदेशको राजमुन्दरीको एल्लुरुमा उनको जन्म भएको थियो । उनको सानो वेलाको नाम विजयालक्ष्मी थियो । उनको परिवार यति गरीब थियो । पढाउनका लागि उनलाई सरकारी विद्यालय पठाउने सामथ्र्य थिएन ।

जसो तसो चार कक्षासम्म पढेकी विजयालक्ष्मी त्यसपछि स्कुल जान छाडिन् । स्कुल जान छाडेपछि उनले फिल्ममा मेकअपको काम गर्न थालिन् । हिरोइनलाई सिंगार्ने क्रममै उनको अन्तरमनले हिरोइन हुने सपना देख्न थालिसकेको थियो ।

पहिलो ब्रेक बबाल

सन १९७८ मा कन्नड फिल्म ‘बेदी’ मा पहिलो पटक काम गर्ने अवसर पाईन् । उनलाई सफलता दिलाउन भने चलचित्र ‘वाडीचक्रम’ ले भुमिका खेलेको थियो । यस चलचित्रमा उनले स्मिताको भुमिका निर्वाह गरेकी थिईन् । जसलाई दर्शकले निकै मन पराए ।

त्यही बेला उनले मद्रासी चोलीको फेशन पनि सुरु गरिन् । बजारमा आफ्नो चर्चा बढ्दै गएको थाह पाएपछि उनले नाम सिल्क स्मिता राखिन् । सन १९८३ मा उनले ‘सिल्क सिल्क सिल्क’ नाम गरेको फिल्ममा समेत अभिनय गरेकी थिईन् ।


पैसाको लागि दिनमा तीन सिफ्ट

जब फिल्म उद्योगमा सिल्कको जादु चल्न सुरु भयो, उनका प्रसंसक यति धेरै भए कि हरेक निर्देशक आफ्नो फिल्ममा एउटा मात्रै भए पनि स्मिताको गीत राख्नै चाहन्थे ।

यसको असर सिल्कको जीवनमा यस्तो पर्‍यो उनी दिनमा तीन सिफ्टमा काम गर्न वाध्य भईन् । तत्कालिन समयमा उनी एउटा गीतमा नाचे वापत ५० हजार पारिश्रमिक लिने गर्थिन ।

दक्षिणका सुपरस्टार शिवाजी गणेशन, रजनीकान्त, कमल हसन, चीरंजीवी लगायतका नायक आफुले अभिनय गरेको फिल्ममा एउटै भएपनि सिल्क स्मिताको गीत होस् भन्ठान्थे । १७ वर्षमा उनले ४५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

 

silk_smitha_10_1442991991बलिउडमा प्रवेश

सिल्कको प्रभाव बलिउडमा पनि राम्रै थियो । जीतेन्द्र- श्रीदेवी, जीतेन्द्र-जयप्रदाको जोडि जमेको वेला प्रवेश गरेकी सिल्कले जीत हमारी नाम गरेको फिल्मवाट बलिउड प्रवेश गरेकी थिईन् ।

ताकतवाला, पाताल भैरवी, तुफान रानी, कनवरलाल, इज्जत आबरु लगायतका फिल्ममा अभिनय गरेकी थिईन् ।

करोडौ घाटा

फिल्ममा अभिनय गरेर राम्रै आम्दानी गरेकी थिईन् सिल्कले । त्यहि वेला उनका एकजना मित्रले फिल्ममा लगानी गरेर धेरै पैसा कमाउने सल्लाह दिए । सल्लाह अनुसार नै उनले फिल्म बनाईन् । दुईटा फिल्मवाट दुई करोड गुमाएकी सिल्कले अर्को पनि फिल्म बनाउने मुख्र्याई गरिन् । तर, तेस्रो फिल्म पुरा गर्ने सामथ्य रहेन । फिल्मवाट भएको आर्थिक घाटाले उनलाई आर्थिक सामाजिक रुपमा तहस नहस पार्‍यो ।

२३ सेप्टेम्बर सन १९९६ मा पंखामा झुण्डिएको अवस्थामा उनको शब भेटिएको थियो । उनको मृत्युको खबरले दक्षिण भारतको फिल्म उद्योगमा ठुलै हल्लीखल्ली भएको थियो । प्रहरीले आत्महत्या भने पनि कतिपय दर्शकहरु विश्वास गर्न तयार भएनन् । सिल्कको आत्महत्या नभएर हत्यो हो भन्नेहरु अहिले पनि छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

14 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्