24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

गुल्मीमा जीप दुर्घटना, एक बालिकाको मृत्यु

- Advertisement -Flowers in Chania

gulmi-map-300x218७ असोज, गुल्मी । गुल्मीमा बुधबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बीरबासमा लु १ ज १९७० नम्बरको जीप दुर्घटना हुँदा १० वर्षकी बालिका अष्मिता पल्लीको मृत्यु भएको श्रृङगा प्रहरीले जनाएको छ ।

त्यस्तै अर्घाखाँचीको हंसपुरमा नेपाल विद्युत प्राधिकरणको बा १ ञ १३५१ नम्बरकोे गाडी दुर्घटना हुँदा प्राधिकरणकै प्राविधिक जीवकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गुल्मीको पश्चिमी क्षेत्रका केही गाविसमा विद्युत बालेर र्फकने क्रममा गाडी दुर्घटनामा परेको थियो ।

पाण्डेको सन्धिखर्क जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बुटवल पठाएको र बुटवल नजिकै पुग्दा मृत्यु भएको बिद्युत प्राधिकरणले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

23 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्