24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

यायोक्खाले माग्यो किरात राज्य, दोलखा र रा मेछापलाई पनि समेट्न प्रस्ताव

- Advertisement -Flowers in Chania

२५ भदौ, धरान । राईहरुको जातीय संस्था किरात राई यायाक्खाले १ नम्बर प्रदेशमा समावेश १४ जिल्लासहित दोलखा र रामेछापको केही भागलाई समेटेर किरात राज्य घोषणा गर्न माग गर्दै अभियान चलाउने भएको छ ।

झापा, मोरङ र सुनसरीसहित अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउन माग गर्दै चुम्लुङसहितका विभिन्न संगठनले बन्द हड्ताल गरिरहेका बेला उनीहरुले दाबी गरेका ९ जिल्लासहितको १ नम्बर प्रदेश र दुई जिल्लाका केही भाग समेटेर किरात राज्य बनाउन यायोक्खाले अभियान चलाउन लागेको हो ।

यायोक्खाले किरात राज्य भित्रै लिम्बुवान र खम्बुवान अटाउन सक्ने भन्दै किरात राज्यको माग तिब्र बनाउन लागेको जानकारी दिएको छ ।

आफूहरुले पहिलादेखि नै दाबी गर्दै आएको किरात राज्यको भूभाग मध्ये हालै जारी १ नम्बर प्रदेशमा ९५ प्रतिशत समेटिएको र बाँकी पाँच प्रतिशत दोलखा र रामेछापका केही भाग थप्नु पर्ने माग रहेको यायोक्खा सुनसरीका अध्यक्ष शुभचन्द्र राईले शुक्रबार पत्रकार सम्मेलनमा बताए । उनले किरात राज्य बनाउने बिषयमा लिम्बुवानवादी र खम्बुवानवादीसँग पटक-पटक वार्ता भएपनि निष्कर्ष ननिस्किएपछि अभियान थाल्न लागेको जानकारी दिए ।

किरात राज्य अभियानकालागि दबाव दिन असोज २ गते यायोक्खाको केन्द्रीय कार्य समितिले धरानको भानुचोकमा बृहत किरात जनसभा गर्ने घोषणा गरेको छ । सभामा १४ जिल्लाका १५ हजारभन्दा बढी किरातीहरु सहभागी हुने प्रचार प्रसार संयोजक हिन्दुहाङ राईले बताए ।

बन्द हड्ताल नगर्ने

यायोक्खाले किरात राज्य माग गर्दै विभिन्न अभियान चलाए पनि बन्द हड्ताल जस्तो सर्वसाधारणलाई दुःख दिने कार्यक्रम भने नगर्ने घोषणा गरेको छ । बन्द हडतालको साटो सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने यायोक्खाको योजना छ ।

जस अन्तर्गत भदौ २७ गते वाबुडाँडाबाट किरात राज्य हेर्ने कार्यक्रम राखिएको छ । कलाकार, साहित्यकार र पत्रकारलाई बाबुडाँडा लगेर कार्यक्रम आयोजना गर्ने, २८ गते पत्रकार र किरात राई विद्यार्थीबीच मैत्रीपूर्ण फुटबल, २९ गते सांस्कृतिक कार्यक्रम, ३० गते किरात राई पत्रकार र किरात राई कलाकारबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

केही समयदेखि लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको केन्द्रीय समितिले धरानको भानुचोकमा लिम्बुवान राज्यको अभियान चलाउँदै आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

36 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्