24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

डार्क सर्कलको समाधान

- Advertisement -Flowers in Chania

अनुहार सुन्दर भयो भने मानिस पनि सुन्दर देखिन्छ। यदि अनुहारको हेरचाह राम्रोसँग भएन भने अनुहारमा डन्डिफोर निस्किने र आँखामुनि डार्क सर्कल देखिने हुन्छ। राम्री देखिन, सबैको प्रशंसा पाउन अनुहार र यसको सुन्दरताको उचित हेरचाह गर्नुपर्छ। अनुहारलाई थप आकर्षक बनाउन र डार्क सर्कलबाट मुक्त हुन सौन्दर्य विशषेज्ञहरूले यस्ता टिप्स दिएका छन्-

• यदि डार्क सर्कल एलर्जीका कारण भएको हो भने एलर्जी गराउने चिजबाट टाढै रहनु राम्रो हुन्छ।

• आँखामुनि हाडे बदामको तेल लगाउनाले डार्क सर्कल हटाउन सहयोग गर्छ। दुई तीन सातासम्म दैनिक रूपमा यसरी मसाज गर्नाले डार्क सर्कलको असर कम हुँदै जान्छ र निरन्तर यसो गरिरहँदा केही समयमै त्यो हराउँछ।

• यदि तपाईंले आँखामा काँक्रोको टुक्रा राखेर १५ मिनेटसम्म पल्टिरहनुभयो भने त्यसले तपाईंको आँखामा राम्रो प्रभाव देखाउन थाल्छ। नियमित रूपमा यसो गर्नाले डार्क सर्कलको असर कम हुँदै जान्छ।

• काँक्रो र आलुको मिश्रण सुत्नुअघि आँखामा राख्नाले आँखालाई आराम मिल्छ। यदि तपाईंलाई त्यसो गर्न अल्छी लागेमा १० मिनेटसम्म टी ब्याग आँखामा राख्न सक्नुहुन्छ। यसले पनि काँक्रो र आलुको मिश्रण बराबरकै फाइदा गर्छ।

• फुलर्स अर्थ र पानीको पेस्ट बनाएर फेस प्याकको रूपमा लगाउनाले आँखालाई शीतल राख्न र डार्क सर्कल घटाउन मद्दत गर्छ। तपाईंले सामान्य पानीको साटो गुलाबजल प्रयोग गर्नुभयो भने डार्क सर्कल घट्नुको साथै अनुहार चम्किलो हुँदै जान्छ।

डार्क सर्कल हुनुको एउटा कारण तनाव हो। धेरैभन्दा धेरै तनाव लिँदा, तपाईंको मस्तिष्क र शरीर प्रभावित हुन्छ र त्यसको असर अनुहारमा देखिन्छ। डार्क सर्कल तनावको परिणाम हो। त्यसैले, तपाईंले आफूलाई तनावबाट मुक्त राख्न र आनन्द महसुस गर्न नियमित ध्यान र योगा गर्नु महत्वपूर्ण हुन्छ। खानेकुराले पनि अनुहार र शरीरलाई असर गर्छ। यदि तपाईंले राम्रोसँग खानुहुन्न भने, त्यो तपाईंको अनुहार र शरीरबाट स्पष्ट रूपमा थाहा हुन्छ। शरीरमा मिनरल, भिटामिन र अरू पौष्टिक तŒवको कमी भयो भने डार्क सर्कल देखिन्छ। त्यसैले, मस्तिष्क र शरीर स्वस्थ बनाउन सफा र ताजा खानेकुरा खानुपर्छ। हरियो सागपात, दूध र फलफूल खानाले डार्क सर्कलबाट जोगिन सहयोग गर्छ। धुम्रपान र मद्यपान गर्नाले छालामा नराम्रो असर पार्छ। चुरोटबाट निस्किने धुवाँले अनुहारको छालाको रङ उडाउँछ। डार्क सर्कल छालाको रङ खुइलिनुजस्तै हो। त्यसैले, धुम्रपान र मद्यपान गर्नुहुँदैन। त्यसले शरीरका प्रणालीहरू मात्र नभई अनुहार र छालालाई पनि असर गर्छ।

माथिका उपायबाहेक राम्रोसँग निदाउनु पनि जरुरी छ। निद्राले हाम्रो मस्तिष्कलाई आराम दिन्छ। आराम पाएको मस्तिष्कले अनुहार राम्रो बनाउँछ। आफूलाई पर्याप्त आराम दिनुहोस्। त्यसले तपाईंको सबै डार्क सर्कल हटाउँछ र तपाईं राम्री देखिनुहुन्छ।

(एजेन्सीहरू)

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्