24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

जनकपुरमा फेरि निषेधाज्ञा लाग्यो

- Advertisement -Flowers in Chania

२२ भदौ, जनकपुर । जनकपुरमा मंगलबारदेखि फेरि निषेधाज्ञा जारी भएको छ । सोमबार आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले भानुचोकदेखि रेलवे स्टेसनसम्म, मुरलीचोकदेखि कदमचोकसम्म, समसानघाटदेखि जिल्ला अदालतसम्म र समसानघाटदेखि कदम चोकसम्मको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन गर्न रोक लगाएको हो ।

यसअघि सोमबार मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा आगजनीको प्रयास गरेका थिए ।

विभिन्न स्थानमा झडप समेत भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना घाइते भएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्