24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

वार्ता र सहकार्यबाटै अघि बढ्न चाहेको:प्रधानमन्त्री कोइराला

- Advertisement -Flowers in Chania

प्रधानमन्त्री सुशील कोइरालाले वार्ता र सहकार्यबाटै आफू अघि बढ्न चाहेको स्पस्ट पार्नुभएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विहीबार आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले आफू वाताएबिरोधी नभएको भन्दै असन्तुष्टहरुसँग वार्ताको तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री कोईरालाले संविधान जारी गर्न वार्ता, सहकार्य र मेलमिलापको विकल्प नभएको भन्दै असन्तुष्ट समूहहरुसँग वार्ताको वातावरण बनाउने भूमिका निर्वाह गर्न नेताहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीसँगको भेटपछि एकीकृत माओवादीमा नेता डाक्टर बाबुराम भट्टराईले असन्तुष्ट दलहरुसँग वार्ताको वातावरण बनाएर अगाडि बढ्न आफूहरुले सुझाव दिएको बताउनुभयो । एकीकृत माओवादीका नेताहरुले असन्तुष्ट पक्षहरुसँग आफूहरुले गरेको अनौपचारिक वार्ताका विषयमासमेत प्रधानमन्त्री कोइरालालाई जानकारी दिएका थिए ।
माओवादी नेताहरुले अहिलेको संवादहीनताको स्थिति अन्त्य गरी सबै पक्षलाई वार्तामा ल्याउन र सहमतिको संविधान जारी गर्ने पहल गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

108 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्